दरबन्दी अनुसारको चिकित्सक नहुँदा विरामीलाई समस्या, सात लाख जनसंख्या भएको जिल्लामा दक्ष चिकित्सकको अभाव

तराई टप
रौतहट, २ चैत । २५ बाट ५० शैयामा रुपान्तरित भएर बनेको अस्पतालमा करिव पाँच बर्ष भन्दा बढि समय वितिसक्दा पनि गौर अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा यहाँका बिरामीहरुलाई निकै समस्यामा पर्न थालेका छन् ।
मुलुक संघिय लोकतान्त्रि गणतान्त्रिक ढाँचामा गइसक्दा पनि रौतहट सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालमा सर्वसाधारण जनताहरुको समुचित उपचार नहुँदा उनीहरु अन्यत्र उपचार गराउन जान विवश भएका हुन् । सरकारी अस्पताल बाहेक निजी क्षेत्रमा संचालनमा रहेका अस्पतालहरुको सेवा सुविधाको स्तर हेर्दा गौर अस्पताल अहिले रेफर गर्ने अस्पतालको रुपमा समेत परिणत हुन थालको छ ।
प्रदेश सरकारले दरबन्दी थप गरेको तिन वर्ष भन्दा बढि समय बितिसक्दा पनी हालसम्म सो अनुसारको दक्ष जनशक्ति उपलब्ध नहुँदा गौर अस्पताल अहिले रेफर अस्पतालको रुपमा चिनिन थालेको हो । समान्य ज्वरो तथा रुघाखोकीको बिरामीहरु समेत अस्पताल पुग्दा चिकित्सकहरुले जोखिम मोल नलिदै रेफर गर्ने गरेका छन् । कोरोनाको संकटकालिन अवस्थालाई मध्यनजर गर्दे चिकित्सकहरु जोखिम लिन चाहदैन गौर अस्पतालका एक चिकित्सकले भने त्यसै कारण सामान्य चेकजाँच गर्दे रेफर गर्ने गरेको बताए ।
“रुघाखोकीले गस्त एक ४२ वर्षिय महिला गएको सोमवार गौर अस्पताल पुग्दा चिकित्सकले समान्य चेकजाँच गर्दे औषधी लेखिदिए । तर सोही महिला पुनः अस्पताल आउदा चिकित्सकले उनलाई वीरगञ्ज रेफर गरिदिए । आफनो नाम न छाप्ने शर्तमा ति चिकित्सकले तराई टप संग भने बेकारमा समस्या झेल्नु भन्दा रेफर गर्नु बेश” ।
यसैगरी ज्वरोबाट पीडित स्थानीय मुडवलावाका रामकली देवी अस्पताल पुग्दा चिकित्सकले समान्य जाँच गर्दे रेफर गरेको प्रति आश्र्चय व्यक्त गर्दे अस्पताल माथि आक्रोश पोखिन । नेपाल सरकारले पर्याप्त सेवा सुविधा दिएको सरकारी अस्पतालमा समान्य उपचारका लागि पनि व्यवस्था नहुनु आफैंमा गैरजिम्मेवार भएको उनले दुखेको व्यक्त गरिन् । जनताहरुको लागि अस्पतालमा आएको बजेट कसरी खर्च हुन्छ भन्दै प्रश्न खडा गर्दे उनले जब ज्वरो, रुघाखोकीको उपचार हुँदैन भने के को लागि यत्रो खर्च गरिएको होला यो अस्पतालमा उनले तराई टप संग प्रश्न गरिन् ।
२०७३ माघ २० गते नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार गौर अस्पताललाई २५ शैयाबाट ५० शैयाको अस्पताल रुपान्तरण गरी एक जना मेडिकल सुपरिडेन्ट गरी ९ जना विशेषज्ञ चिकित्स, ४ जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स सहित ५१ जनाको दरबन्दी कायम गरी दरबन्दि स्वीकृत गरेको थियो ।
स्वीकृत गरिएको दरबन्दी अनुसार एक जना मेडिकल सुपरीटेन्डेड, बालरोग, स्त्रीरोग, जेनरल फिजिसियन, सर्जन विशेषज्ञ, चार जना मेडिकल अधिकृत, डेन्टल सर्जन, फिजियोथेरापीस्ट, मेडिकल ल्याब टेक्नोलोजीस्ट जस्ता विशेषज्ञहरुको कागजमा दरबन्दी भएपनि यथार्थमा एक जना मेडिकल सुपरिडेन्ट बाहेक अन्य चिकित्सक नरहदा यहाँ आउने विरामीहरुको समस्या कायमै रहेका छन् ।
अहिले गौर अस्पताल प्रदेश नम्बर दुईको मातहतमा रहेपनी हाल यस अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेड सहित २८ जना जनशक्ति रहेका छन् । सात लाख जनसंख्या भएको रौतहटमा एक जना पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको गौर अस्पताल श्रोतले जनाएको छ ।