zoom meetings download windows 10 zoom cloud download free join a zoom meeting by meeting number - join a zoom meeting by meeting number zoom bulk download cloud recordings zoom emoji pack download zoom meeting joining instructions

जनताले चाहेको जनप्रतिनिधि छन्ने सबालमा हामी निष्पक्ष रहने छौं—मुख्य निर्वाचन अधिकृत मरासनी

   १६ आश्विन २०७९, आईतवार १५:०७  

रौतहट, १६ असोज । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि रौतहट सदरमुकाम गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आईतवार गौर नगरपालिकाको सभाकक्षमा स्थापना गरिएको छ ।
रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा रौतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जनप्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष, धाधली रहित रुपले कार्य गर्ने पूर्ण प्रतिबद्धता जनाउदै निर्वाचन अधिकृतको कार्यालयले गर्नुपर्ने कार्य बाहेक निर्वाचनलाई प्रतिकूल असर पर्ने गरी कुनै कामहरु नगर्ने विश्वास दिलाए ।
दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आइसकेको छ, यसलाई सुखद रुपमा लिएको बताए । सुरक्षाको सवालमा प्रमुख जिल्ला अधिकारीबाट सुरक्षामा कमि कमजोरी हुदैन यसले निश्चित रुपमा निश्पक्ष चुनाव हुनेछ भने कुरामा जिल्लाबासीलाई आश्वस्त गराए ।
सभा, जुलुस भेला कोण सभा २४ घन्टा पहिले अनुमति लिनु पर्ने यसपालीको निर्वाचन आचारसंहितामा स्पष्र्ट रुपमा उल्लेख गरिएको छ । निर्वाचन प्रचार प्रसारमा बाल बालिकाको प्रयोग नगर्ने । मास मिडिया र प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन उनले अनुरोध गरे ।
गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले जिल्लामा केही छुटफुट बाहेक अन्य स्थानहरुमा निर्वाचन सहि ढंगबाट सम्बोधन गराउने र केही स्थानमा गडबडी हुनसक्ने सम्भावनालाई नकार्न नसकिने त्यसको लागि स्थानीय प्रहरी प्रशासन चनाखो हुनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउनु हुँदै सम्पन्न स्थानिय चुनावबाट रौतहटमा फरक किसिमले चुनाव हुने गरेको जिकिर गरे । आचार संहित मुख्य राजनीतिक दलबाट तोडने खालका गतिबिधि नहुनुपर्ने आग्रह गर्दै यदी गडबडी भएको पाइएमा निर्वाचन आचार संहिता ऐन अनुरुप कारवाही गरिने बताए ।
जनताले दिएको मतलाई पुर्णरुपले सुरक्षित गरेर परिणाम घोषना हुने कुरामा विश्वत रहन प्रतिवद्वता व्यक्त प्रजिअ शाहीले गरे । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष कमल राय यादवले निर्वाचन आचारसंहिता अक्षरःसह पालना गर्ने प्रतिवद्वता व्यक्त गर्देे निश्पक्ष चुनाव हुने कुरामा विश्वास व्यक्त गरे ।
राप्रपाका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद सिंहले निश्पक्ष चुनाव हुने विश्वास व्यक्त गर्दै साना– ठुल्ला दल नहेरी सबैलाई आचार संहिताको पालना गराई दिन हुन अनुरोध गरे । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलले स्थानिय चुनावमा जिल्लामा देखिए कमि कमजोरी नदोहरियोस भने सम्बन्धित निकायको ध्यानाकर्षण गराए । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले स्थानीय चुनावमा सुरक्षाकर्मीले देखाएको ईमान्दारीतामा शंका गर्ने ठाउ नरहेको भन्दै आसन्न चुनाव निष्पक्ष धांधलीरहित हुने कुराम विश्वास व्यक्त गरे ।
निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास,निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्दै रौतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताए । १ को गौर, २ को परोहा ३ को कटहरिया र ४ चन्द्रपुरमा कार्यालय स्थापना हुन लागेको मुख्या निर्वाचन अधिकृत ।
जिल्लामा १५७ वडा रहैको जसमा २७६ मतदान स्थल रहेको छ जसमध्ये ६ ठाउंमा मतदान स्थल सारिएको बताए । ५२३ मतदान केन्द्रमा खटाउन सबै कर्मचारी को अस्थायी नामावली तयार गरिएको वताउदै कारागारको कैदी बन्दी सहित सम्पुर्ण कर्मचारीको नाम राखिएको उनले भने ।
एक जना मतदाताले ४ वटा मतपत्र पाउने, ४ वटैमा छाप लगाएर ४ वटै मतपत्र अलग अलग मतपेटिकामा खसाल्ने हुन्छ भने प्रमुख दासले थप जानकारी दिनु भयो । सो अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष, नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धानका प्रमुख मुकुन्द ढकाल, गौर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका व्यक्तिहरुकोे । कार्यक्रम सञ्चालन जिल्ला अदालतका उप सचिव सुशील कुमार यादवले गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै