पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

   १७ आश्विन २०७९, सोमबार २१:२८  

प्रेमचन्द्र झा
मत्सरी, १७ असोज । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ ।
दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको शोक सभामा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , पूर्व अध्यक्ष रबिन्द्र साह, काेषाध्यक्ष धर्मेन्द्र साह, वरिष्ठ पत्रकार प्रभात कुमार झा,पुर्व उपाध्यक्ष जयप्रकाश प्रसाद यादव,पत्रकार संजय कुमार मिश्र , राकेश कुमार यादव , अभिमन्यु पटेल, अरविन्द यादव , दिपक श्रीवास्तव र हनुमत यादव लगायतका पत्रकारले स्वर्गीय मण्डलको तस्बिरमा फुलमाला चढाई श्रदाञ्जली अर्पण गर्नु भयाे ।
साे अवसरमा स्वर्गीय पत्रकार रविन्द्र मण्डलले राैतहटको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको ठुलो योगदान सधै स्मरणीय रहने उपस्थित पत्रकारहरुले बताए ।
स्वर्गीय मण्डलको यही अशाेज ५ गते प्रदेशिक अस्पताल गाैरमा उपचारको क्रममा मृत्यु भएको थियाे । माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहनु भएका मण्डल कार्यालयकाे कामले काठमाण्डाैबाट घर फर्किने क्रममा २०७६ साल साउन ३१ गते गम्भीर घाईते हुनु भएको थियो । सोही बखत देखि उपचार हुने तर सुधार न हुने निकै गम्भीर तथा कष्टकर अवस्थामा जीवन व्यतीत भई रहेको थियो । स्वर्गिय मण्डलको दुई छाेरा , तीन छाेरी र पत्नी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै