बंगाली समुदाय संग बसेर न्यूयोर्क शहरका मेयरले मनाए दुर्गा पुजा

185 Shares

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने बंगाली समुदाय संग बसेर त्यहाँका मेयरले नवरात्री अर्थात दुर्गा पुजा मनाएको खवर प्राप्त भएको छ ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्स आइतबार शहरमा दुर्गा पूजा समारोहमा बंगाली समुदायमा सामेल भई दुर्गा पुजाको आनन्द लिदै दुर्गा पुजाको महत्वलाई अमेरिकामा फैलाएको हो ।
उनीसँगै न्यूयोर्क शहरका अन्तर्राष्ट्रिय मामिलाका उपायुक्त दिलीप चौहान पनि सहभागी थिए । “दुर्गा पूजाले गलत शक्तिमाथि राम्रोको विजय भएको अवसरमा उत्सव मनाउँछ । यो चुनौतीपूर्ण समयमा हामी सबैले प्रशंसा गर्न सक्छौं,“ एडमले उत्सवमा भाग लिएपछि ट्वीट गरेर भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार