zoom download release notes immersive view zoom download join a zoom meeting online with id zoom app download for pc windows 10 pro 64 bit download aplikasi zoom cloud meeting

सेन्चुरी बैंकद्धारा जिल्ला प्रशासन कार्यालय रौतहटलाई कम्प्युटर प्रदान

   ३ चैत्र २०७७, मंगलवार १६:५३  

तराई टप संवाददाता
रौतहट, ३ चैत । प्रशासनीक काम काजको लागि सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले जिल्ला प्रशासक कार्यालय रौतहटलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार एक समारोहका विच सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले ५० हजार मूल्य बराबरको कम्प्यूटर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेको हो ।


सेन्चुरी कमर्सियल बैंकको प्रदेश नम्वर २ को प्रमुख सौरभ चौधरीको उपस्थितिमा गरुडा शाखाको प्रबन्धक दिनेश कर्णले प्रजिअ यादवलाई जिल्ला प्रशासन कार्यालयमा काम काज सहज एवं सहज बनाउन तथा अभिलेखहरु सुरक्षित राख्नको निमित्त उक्त कम्प्यूटर हस्तान्तरण गरिएको बताइएको छ ।
हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराई, नेपाल सेना वृदल गणका क्याप्टेन झलक गुरुंग, नायव सुब्बा रामनरेश साहको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै