मत्सरी (दुर्गा भगवती), १८ असोज । शक्ति पिठको रुपमा प्रसिद्ध रहेका दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरमा नवौं दिनमा करिव ढाई हजार बोकाको बली चढाइएको छ ।
तराई मधेशको जिल्लामा पर्ने रौतहटमा वागमती र झाझ नदीले चारै तिरबाट घेरिएको दुर्गा भगवती गाउँपालिकामा माता भगवतीको अनुकम्पाले अहिले सम्म सुरक्षित रहेका यहाँका बासिन्दाहरु तथा यहाँ आएर भाँकल मान्ने श्रद्धालु भक्तजनहरुको मनोकामना पुरा भएपछि दिनप्रतिदिन बोकाको बली चढाउने परम्परामा वृद्धि हुदै गएको हो ।
भनिन्छ, दुर्गा देव्यै नम ः चाहे जस्तो सुकै परिस्थिति किन न होस, गलत गर्दिन र गलतको साथ दिदैनौ भने यहाँको बासिन्दाहरुमा भएको सकारात्मक नितिका अनुसार यहाँ आउने भक्तजनहरुको जस्तो मनोकामना हुन्छ त्यसै अनुसार पुरा हुने गरेका छन् । जाको राकि साइया मार सकेन कौन भन्ने उखान झै दुर्गा भगवतीको पूण्य भुमी बागमती र झाझ नदीबाट प्रभावित भएपनि माँ जगदम्वाको असिम अनुम्पाको कारण यहाँको बासिन्दाहरु सधै खुशहाल रहने गरेको पाइएको छ ।
परेवा तिथि देखि नै श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने दुर्गा मन्दीर मत्सरीमा नेपालको मधेश प्रदेश र भारतको विहारबाट श्रद्धालुहरु आउने परमपरा अझै कायमै रहेको छ । दुर्गा पुजा मत्सरीमा मात्रै हुँदैनन् अहिले हरेका गल्लि, चोक र गाउँहरुमा हुन् गर्दछ तर बैदिक परमपरा अनुसार हुने गर्दा यहाँ श्रद्धालु भक्तजनहरु आउने गर्दछ । यो स्थानमा मेला लगाउनु पर्दैैन आफै म्ेला लाग्न् गरेका छन् ।
शरणतग दिर्नात परित्याण पराणये, सर्वर्था हरे देवी नारायणी नमुस्तुते, भने स्लोक झै यहाँ कसै संग राग द्धवेश नभई निस्वार्थ रुपमा माँ दुर्गा को पुजा गरेर गर्ने गर्दा दिनप्रतिदिन यहाँको महत्व बढ्दै गएको पुजा समितिका अध्यक्ष उमेश चौधरीले बताए ।
आज ९ दिनमा करिव २५ सय खसी बोकाको बली चढाइउको जानकारी दिदै उनले जसको भाँकल पुरा भएको श्रद्धालु भक्तजनहरु आफनो गच्छ अनुसारको भाकल चढाउने गरेको उनले भने । यसैविच हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु उपस्थित हुँदा सुरक्षाको जिम्मेवारी लिएर बसेका जिल्ला प्रहरी कार्यालय रौ्रतहटका एसपी विरबहादुर बुढा मगरले पुजा तथा मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए । आफै रातिको समयमा अनुगमन गर्दै सुरक्षा व्यवस्थाको अवलोकन गर्ने गरेको बुझिएको छ । शान्ति सुरक्षाको जिम्मेवारी बोकेका मगरले चाँडपर्वको समयमा शान्तिमय वातावरण कायम राख्न आफैन तल्लिन रहदा रौतहटबासी सुरक्षा प्रति निर्भिक्क रहेको बताइएको छ