भारतीय कुखुरा र अण्डा नष्ट

   ३ चैत्र २०७७, मंगलवार १७:४२  

तराई टप संवाददाता
रौतहट, ३ चैत । सिमावर्ती भारतीय बजारबाट नेपालमा प्रतिबन्ध रहेको करिव ७५ हजार मूल्य बराबरको भारतीय कुखुरा र फुल (अण्डा) लिएर चोर नाका भएर नेपाल प्रवेश गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले मंगलवार बरामद गरेको छ ।
नेपाल भारत सिमामा खटिएका सशस्त्र प्रहरीले आज जिल्लाको विभिन्न सिमावर्ती क्षेत्रबाट नेपाल तर्फ आउदै गरेको प्रतिबन्धित भारतीय कुखुरा र फुल (अण्डा) बरामद गरेको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण हजमिनिया रौतहटले जनाएको हो ।


बरामद गरिएको भारतीय कुखुरा र अण्डालाई स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टाइनको प्रतिनिधि र भद्रहरुको रोहवरमा सशस्त्र प्रहरीको वेस क्याम्प सरमुजवा, औरैया, फतुवा र रामपुर खापमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओलीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै