विवेक मूर्ति विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डमा अमेरिकाको प्रतिनिधित्व गर्ने

   २१ आश्विन २०७९, शुक्रबार ०८:५३  

वासिंगटन । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको बैठकमा एक भारतीय मूलको नागरिक अमेरिकाको लागि प्रतिनिधित्व गर्ने भएका छन् ।
भारतीय मूलका डा विवेक मूर्तिलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी बोर्डमा अमेरिकाको लागि प्रतिनिधिको रूपमा सेवा गर्न मनोनीत गरिएका हुन् ।
ह्वाइट हाउसका अनुसार डा. मूर्तिले आफ्नो नयाँ पदसँगै अमेरिकी सर्जन जनरलको रूपमा आफ्नो कर्तव्यलाई निरन्तरता दिनेछन् । मार्च २०२१ मा, डा मूर्ति अमेरिकाको २१ औं सर्जन जनरलको रुपमा नियुक्त भएको पुष्टि गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै