zoom rooms app zoom download folder zoom pc gratuit chromatic zoom effect download zoom audio download

भारत अमेरिकाको सम्बन्ध सकारात्मक रुपान्तरित तर्फ उन्मुख हुँदै विदेशमन्त्र एस जयशंकर

   २१ आश्विन २०७९, शुक्रबार ०९:१९  

न्यूयोर्क । भारत र अमेरिका विच सम्बन्ध स्थापित भएको करिव ५० बर्षको इतिहासमा एक अर्का विच धेरै शंका उपशंकाको दृष्टिकोर्णबाट देखिने कार्यमा निकै सकारात्मक परिवर्तन भई पारस्परिक सम्बन्ध स्थापित हुन सफल भएकोमा भारतीय विदेश मन्त्री एस जयशंकरले खुशी व्यक्त गरे ।

भारतका विदेश मन्त्री एस जयशंकरले लगभग ५० वर्षसम्म भारतले अमेरिकालाई शङ्काको दृष्टिले हेरेको र सन् २००८ को आणविक सम्झौता ताका पनि भारतले संघर्ष गरेको बताएका हुन् ।

पहिलेका अनुमानहरू हटाउन भारतले धेरै प्रयास गरेको छ र आज दई देश बिच यो पारस्परिक सम्बन्ध स्थापित हुन सकेको उनले बताए ।

कोलम्बिया युनिभर्सिटी, न्यूयोर्कमा बोल्दै जयशंकरले, “अमेरिकाले धेरै स्पष्ट फाइदाको प्रस्ताव गरे पनि, हामीले सन् २००८ को आणविक सम्झौताको क्रममा संघर्ष गर्‍यौं किनभने अमेरिकाप्रति हाम्रो जन्मजात र गहिरो जराको शंकाले हामीलाई पछाडि राख्यो।” भनेर बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै