download zoom blur effect zoom meeting join a meeting login page zoom app is not secure zoom install windows 11 - zoom install windows 11 zoom pc download 32 bit zoom app for pc 64 bit zoom older version download

भारतको स्पष्ट नीति एवं अडान वारे जयशंकरले युक्रेनी प्रधानमन्त्री समक्ष राखे

   २१ आश्विन २०७९, शुक्रबार ०९:२८  

न्यूयोर्क । भारतीय विदेशमन्त्री एस जयशंकरले युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहललाई भारतले आत्मसाथ गरेर अघि बढेको शान्ति प्रक्रिया अगाडी बढाउन वार्ता र कुटनीतिक एक मात्रै माध्यम रहेको हुँदा सोही अनुसार अघि बढ्न उनले सुझाव दिए ।

विदेश मन्त्री एस जयशंकरले बुधवार युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहललाई संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटेर र सबै शत्रुताको अन्त्य र वार्ता र कूटनीतिमा फर्कने कुरामा जोड दिने भारतको सैद्धान्तिक अडानबारे उनलाई अवगत गराएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सार्वभौमसत्ताको रक्षाका लागि यो कदम आवश्यक रहेको भन्दै करिब ३००,००० रिजर्भेष्टलाई आंशिक परिचालन गर्ने आदेश दिएपछि जयशंकरको यूक्रेनी प्रधानमन्त्रीसंग यस भेट भएको हो । जयशंकरले युक्रेनी नेतालाई न्यूयोर्कमा भएको उच्चस्तरीय संयुक्त राष्ट्र महासभाको बैठकमा भेटेका थिए र उनले रुस युक्रेन बिवादमा भारतको शान्ती र सद्भावको सन्देश दिएका हुन् ।भारतको सैद्धान्तिक अडान नै सबै शत्रुताको अन्त्य र वार्ता र कूटनीतिमा फर्कन जोड दिन्छ भनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै