एप्पल आईफोन १४ को निर्माण भारतमा सुरु

231 Shares

नयाँ दिल्ली । चीनको विस्तारवादी नीतिको कारण वाइडेन प्रशासन चीन विरुद्ध खनिएपछि दुवै देशको विचमा उत्पन्न तनावको असर उद्योगको क्षेत्रमा देखा पर्न थालेको छ । जसको ज्वलन्त उदाहरण विश्व प्रसिद्ध एवं ख्याती प्राप्त गरेका एप्पल आइफोन १४ को उत्पादन भारतबाटै गरिने कार्य सुरु गरिएको छ ।

अमेरिका—चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार