रौतहट, २२ असोज । सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकिकृत समाजवादीले आफनो भागमा पाएको सिटमा उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी कार्यालय काठमाडौंमा बसेको बैठकमा गठबन्धन अनुसार पाएको सीट अनुसार उम्मेदवारको टुंगो लगाउन सफल भएको हो । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेर समाजवादीले गठबन्धनबाट सिट संख्या लिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्वर—१, झलनाथ खनाल इलाम–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट उम्मेदवार बनाइएका छन् ।
एकीकृत समाजवादीले पाएको भागबण्डाबाट कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१ बाट उम्मेदवार बन्ने बताइएको छ ।
यसैगरी प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन