download zoom download download zoom room app for windows zoom download extension download zoom for win zoom icon png download zoom meeting join a meeting - zoom meeting join a meeting

नेपाल समुहको भेलामा पुराना कम्युनिष्ट नेताहरुको उपस्थित

   ४ चैत्र २०७७, बुधबार १३:४७  

तराई टप संवाददाता
काठमाडौँ, ४ चैत । सर्वोच्च अदालतले नेकपा एमाले ब्यूतियाई दिएपछि ओली र माधव समुह विच आन्तरिक विवादको कारण पुराना कम्युनिष्ट नेताहरु नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित भएका छन् ।
ललितपुरको हेरिटेज गार्डेनमा बुधवार सुरु भएको भेलामा मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला सहितका पुराना कम्युनिस्ट नेताहरु मञ्चमा उपस्थित भएका हुन् ।
यस्तै भेलाका लागि विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेको एक्लौटी निर्णय विधान विपरित भएको ठहर गर्दै आफूहरुको समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको श्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै