रौतहट, २३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट क्षेत्र नम्वर १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मनोनयन पत्र दर्ता गराएका छन् ।
रौतहट जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्वर १ निवासी नेपाल उपस्थित भई गौर नगरपालिकाको कार्यालयमा खडा भएको अस्थायी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतवार १२ बजेको समयमा उस्थित भई मनोनयन पत्र दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदमा मनोनयन पत्र दर्ता गराउन आएका नेता नेपालको प्रस्तावकमा गौर नगरप्रमुख शम्भु साह र समर्थकमा राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी राय यादव रहनु भएका थिए ।
सत्तारुद्ध गठबन्धनबाट रौतहट क्षेत्र नम्वर १ बाट साझा उम्मेदवारको रुपमा रहनु भएका नेकपा एसका अध्यक्ष नेपाल भौतिक शरिर उपस्थित भई मनोनयन पत्र दर्ता गराउदा स्थानीय जनताहरु निकै उत्साहित भएका थिए ।
मनोनयन पत्र दर्ता गराएपछि संक्षिप्त रुपमा संचारकर्मीहरु संग कुरा गर्दै विकास, न्याय, उत्पीडन, कृषि, शिक्षा, रोजगार, स्वास्थ्यका क्षेत्रमा काम गरी यस क्षेत्रलाई माथि उकास्ने उद्देश्यबाट आफूले उम्मेदवारी दिएको बताए । संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा नेता नेपालले आफ्नो जन्मथलो यही भएको हुँदा यहाँको जनता प्रतिको माया र सदभावको कारण रौतहट १ लाई रोजेको बताउदै उनले यहाँका विकास निर्माणमा मैले खेल्नुपर्ने भूमिकाहरुको त कुरा छाडौ यस क्षेत्र सहित रौतहटको समग्र विकासको लागि नेकपा एस पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन