सम्प्रदायिक तथा घोटालै घोटालो पार्टी जसपा संग एमालेले गठबन्धन गरेको भन्दै प्रभु साहद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

476 Shares

रौतहट, २३ असोज । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपा जस्तो घोटालै घोटालो तथा सम्प्रदायीक पार्टी संग एमालेले गठबन्धन गरेको आरोप लगाउदै स्थायी समिति सदस्य प्रभु साह पार्टीको टिकट परित्याग गर्दै रौतहट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका प्रभावशाली नेता मानिएका स्थायी समिति सदस्य साहले रौतहट निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय कटहरियामा उपस्थित भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
साहका अनुसार केपी ओलीको नेतृत्वमा देश बनाउने र विकासको पथमा अघि बढाउने अभियानलाई लिएर अघि बढिएको तर मधेशमा गठबन्धन गर्नुको कुनै औचित्य नरहेको भनिएता पनि जनता समाजवादी पार्टी संग गठबन्धन गरेर एमालेले ठूलो गल्ति गरेको आरोप लगाउदै सम्प्रदायिक पार्टी संगको गठजोडले गर्दा आफना कतिपय समर्थक तथा विभिन्न पार्टीबाट एमाले प्रवेश गराएकाहरुको टिकट धरापमा परेपछि उनले पार्टीको टिकटलाई त्याग्दै स्वतन्त्र रुपमा उम्मेदवारी दियो ।
साह संगै ३ को प्रदेश क बाट नेकपा एस छाडेर एमाले प्रवेश गरेका केशव राय चौधरी र ख बाट निर्वमान प्रदेश साँसद कुन्दन कुश्वाहा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ भने रौतहट क्षेत्र नम्वर २ मा प्रतिनिधि सभामा पार्टीको निर्णय विपरित किरण साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै रौतहट क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा एमालेको टिकटबाट लोसपा छाडेर आएका अजयकुमार गुप्ता, १ को क बाट राजकिशोर यादव र ख बाट स्वतन्त्र रुपमा राजेश चौधरीले उम्मेदवारी दर्ता गराउदा रौतहटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको बताइएको छ ।
लोसपाका निवर्तमान प्रदेश साँसद बाबुलाल साहले टिकट नपाएपछि रौतहट १ को क बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गराएपछि उनले आफू संग लोसपा र नेकपा एसले गद्दारी गरेको हुँदा स्वतन्त्र रुपमा चुनाव जितेर देखाइदिने दाबी समेत गरे ।
यसैगरी सर्लाही ४ मा निवर्तमान साँसद अमरेश सिंहलाई नेपाली काँग्रेसले टिकट नदिदा उनी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिदै संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै पार्टीले जनभावना विपरित कार्य गर्दै अरुलाई टिकट दिदा आफू बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार