रौतहट, २४ असोज । आफनो जीवनको अधिकाँश समय मधेशवादी राजनीतिमा विताइसकेको, गजेन्द्रवादी सिंद्धान्त भएको, प्रखर वक्ताको रुपमा चिनिनु भएका श्रीमन नारायण मिश्र अन्तत चुनावी प्रतिष्पर्धामा पहिलो पटक प्रदेश सभाको लागि होमिनु भएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी घर भएका मिश्र विगत ३० बर्ष देखि राजनीतिमा सक्रिय रहदै जनताहरुको सेवामा आफनो समय व्यति गर्दै आएपछि जनसमर्थन लिन यसपटक रौतहट निर्वाचन क्षेत्र नम्वर १ को ख प्रदेश सभा सीटका लागि आईतवार जनता प्रगतिशील पार्टीबाट मनोनयन पत्र दर्ता गराएर चुनावी माहौलमा होमिनु भएको हो । गजेन्द्रवादी विचारबाट ओतप्रोत भई राजनीतिमा होमिएका मिश्र प्रखर, निर्भिक, स्वतन्त्र रुपमा विचार लेख्ने स्तम्भकारको रुपमा पनि हुनुहुन्छ ।
उहाँ नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्य समेत रही सक्नु भएको मिश्र एकप्रकारबाट जनताको सच्चा पहरेदारको रुपमा आफनो अभिव्यक्तिवादी कलमलाई कसै संग नविराई निर्भिक्ताका साथ चलाउदै यहाँ सम्म आफूलाई स्थापित गराइसेको व्यत्तित्वको रुपमा स्थापित गराइसक्नु भएका छन् ।
युवा नेताको रुपमा आफूलाई स्थापित गराईसकेका प्रदेश सभा उम्मेदवार मिश्रले उम्मेदवारी दिएर बाहिरदै गर्दा तराई टप संग कुरा गर्दै उनले भने, सुशासन, पारदर्शिता सशक्त संघियता र भ्रष्टाचार मुक्त समाज, अपराधमुक्त समाज, प्रादेशिक सरकारलाई जनमुखी बनाई गरिवी, बेरोजगारी, कृषि क्षेत्रलाई माथि उकास्ने विशेष अभियान, स्वास्थ्यको अवस्थालाई सुदृद्ध पार्न तथा औद्योगिक विकासलाई प्राथमिकता राख्ने छु लगायतका जनजीविकाको सवाललाई आफू सके सम्म पुरा गराउने तर्फ लाग्ने प्रतिबद्धता जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन