एमाले—जसपा विचको अपवित्र गठबन्धन विरुद्ध युवा नेता प्रभु साहको अभियान तिव्र

287 Shares

रौतहट, २४ असोज । तत्कालिन नेकपा विभाजित भएपछि नेकपा एमालेमै रहेका केपी ओलीको विश्वास पात्र मानिएका स्थायी समिति सदस्य प्रभु साह सहित प्रतिनिधि सभामा ८ र प्रदेश सभाको लागि १७ जनाले एमालेको टिकटबाट नभई स्वतन्त्र उम्मेदवार बनेका छन् ।
रौतहट क्षेत्र नम्वर ३ बाट एमालेको टिकटलाई बहिष्कार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहका अनुसार प्रतिनिधि सभा तर्फ रौतहटमा २ र ४ बाट किरण साह, प्रदीप साह सर्लाही १ मानबहादुर खड्का महोत्तरी ३ मा राम आधार कापड, धनुषा १ र ४ मा किशोरी साह, कृष्णकुमार महतो तथा पर्सा १ मा सन्तोष श्रेष्ठ रहेको छ ।
प्रदेश सभा तर्फ रौतहट ३ (क) केशव राय चौधरी, (ख) मा कुन्दन कुशवाहा, रौतहट १ (ख) मा राजेश चौधरी, रौतहट २ (ख) मा मनोज यादव, सर्लाही १ (क) मा चन्द्रभुषण साह, सर्लाही ३ (क) रेनुका पौडेल, वारा १ को (क) र (ख) मा देवराज घिमिरे र जयन्त कुशवाहा, वारा ४ (ख) मा उमेश कुशवाहा, महोत्तरी १ को (ख) मा प्रमोद महतो, महोत्तरी ३ को (क) र (ख) मा मुजिम राय, सुनिल रोहित, सिरहा २ को (ख) र ३ को (ख) मा योगेश सिंह र गोपाल प्रसाद यादव तथा पर्सा २ (क) मा विनोद लामा, (ख) मा कदम रसुल र क्षेत्र नम्वर ४ को (ख) मा पहलाद गुप्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेलाई आउदो निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा बनाएर देशको बागडोर संचालन गराउने अभिमतको पथमा हिडिरहेको अवस्थामा पार्टी नेतृत्वको गलत कदमको कारण आफू सहितका यस प्रदेशका अधिकाँश स्थानमा स्वतन्त्र उम्मेदवारी दिनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको साहले बताए ।
सधै सम्प्रदायीक नारा दिएर राजनीति गरेर आर्थिक भ्रष्टाचारमा लिप्त रहेका जनता समाजवादी पार्टी (जसपा) संग अपवित्र गठबन्धन गरेर पार्टीलाई ठूलो धक्का पुयाएकोमा आफू सहितका अधिकाँश नेताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिनु परेको बताए । सत्तामा बस्नका लागि सधै दोधारे चरित्र रहेका जसपा पार्टीका शिर्ष नेतृत्व पंत्ति संग गठबन्धन नगर्न एमाले अध्यक्ष ओलीलाई भनिएपनि गठजोड गरेर ठूलो गल्ति गरेको गुनासो व्यक्त गरे । मधेश आन्दोलनको नाममा मधेशी जनतालाई शहादत गराएर सधैभरी सरकारमा जान भर्यांगको रुपमा प्रयोग गर्दै आएको हुँदा जसपा जस्तो सम्प्रायीक एवं लुटेराहरु संग हात मिलाउनु ठूलो भूल भएको उनले स्पष्ट पारे ।
स्वतन्त्र उम्मेदवारी दिएकोमा कुनै पछुतो नरहेको बताउदै नेता साहले जनताको लागि काम गरेका छु र सोको मुल्याँकन जनताले नै गर्ने भएको हुँदा आफू सहितका अन्य साथीहरु जितेर पार्टी नेतृत्वलाई देखाइदिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।