एमाले भित्र ओली प्रवृतिका विरुद्ध महासंग्राम सुरु

317 Shares

काठमाडौं । आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि एमालेमा उम्मेदवार बन्ने विषयमा आन्तरिक द्धन्द खडा भएको छ ।
एकातिर वरिष्ठ नेता भिम रावल, घनश्याम भुषाल, भिम आचार्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माफी नमागे सम्म टिकट नदिने अर्को तर्फ स्थायी समिति सदस्य तथा मधेशका अनुहार प्रभु साह निकटका नेताहरुको टिकट खोसिएपछि पार्टी भित्र विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर एमाले पार्टी भित्र महासंग्रामको विगुल साहले फुकेका छन् ।
नेकपा एमालेबाट अलग भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी बनाएपछि कमजोर बनाएको एमालेमा फेरि विद्रोह सुरु हुँदा थप सङ्कट निम्तिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा अधिनायकवादी चरित्र देखाएको भन्दै नेकपा एमालेका नेताहरूले नै ओलीविरुद्धको विद्रोह सुरु गरेका हुन्। ओलीले यसअघि तत्कालीन नेकपा हुँदा माधव नेपाल समूहलाई साथ दिएर आफूलाई सत्ताबाट हटाएको भन्दै एमालेमा रहेका ु१० भाइु लाई नै पाखा लगाउने रणनीति अपनाएका छन्।
ओलीको उक्त रणनीति भने एमालेका लागि आगामी चुनावमा घातक हुने भएको छ। एमाले अध्यक्ष ओलीले नेता भीम रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतलाई माफी नमागेसम्म टिकट नदिने घोषणा नै गरेका छन्। त्यसै गरी ओलीले टिकट नदिने जानेर अष्टलक्ष्मी शाक्य, अमृत बोहरा र युवराज ज्ञवाली भने चुनाव नलड्ने घोषणा गरेका छन्।
त्यसै गरी केही नेताहरूले त पार्टी नै छोडेका छन्। जसमा इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी, दाङबाट सांसद बनेकी गङ्गा चौधरीलगायतले पार्टी छोडेको घोषणा गरेका छन्। द्वारिकालाल चौधरी माओवादीमा प्रवेश गरिसकेका छन् भने गङ्गा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
त्यसै गरी भीम रावल, घनश्याम भुसाल र भीम आचार्य पर्ख र हेरको स्थितिमा छन्। असोज २३ गतेसम्म टिकट नपाएको अवस्थामा आफूहरूले एमालेमा ओलीविरुद्ध ठूलो विद्रोह गर्ने भीम आचार्यको घोषणा छ। एमालेमा ओलीको ठूलो प्रशंसा र रक्षा गर्ने नेतृ गङ्गा चौधरी ९सत्गौवा०ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्। ‘आज मैले ठिक निर्णय गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहने छु जनता भगवान् हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरूको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।
चौधरी दाङ–१ बाट स्वतन्त्र उम्मेदवार दिने भएकी हुन्। ‘हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ,’ चौधरीले भनिन्, ‘बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ ररु’
उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिधिसभा समानुपातिकतर्फ सांसद बनेकी थिइन्। यसअघि ०२७४ को निर्वाचनमा दाङ(१ मा नेकपा एमालेबाट मेटमणि चौधरीले जित हात पारेका थिए।
शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ। दाङ(२ बाट एमालेका महासचिव शङ्कर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन्। दाङ १ बाट गङ्गासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो।
गङ्गाले पार्टीका नेताहरूसामु आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।