रौतहट १ (क ) बाट मधेस प्रदेश सदस्यमा शम्भु सुप्रिमको उम्मेदवारी किन

503 Shares

प्रेमचन्द्र झा
रौतहट, २६ असोज । चर्चित मधेसवादी नेता तथा रौतहट क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य उमेदवार शम्भु सिंह सुप्रिमले प्रदेस सभा सदस्यमा आफु सुटेबुल रहेको दावी गर्नु भएको छ ।
प्रदेस सभा सदस्य पदका उमेदवार सिंहले मंगलबार विहान पत्रकारहरु संग कुराकानी गर्दै आफु प्रति जनताले देखाएको भव्य समर्थन बाट चुनाव जित्ने कुरामा विश्वत रहेको बोल्नु भयो । धनबल, जातबल तथा कोही कोही विभिन्न भ्रम फैलाएर चुनाव जित्ने मनसाय बनाएकाहरु जनताको आगाडी नटिक्ने दाबी गर्दै नेता सिंह आफुलाई जनताको असली सेवक बताएका हुन ।
जनता गठबन्धन मान्दैन आफुले मनपराएका जनप्रतिनिधि रोज्ज छन भन्नु हुँदै ठुलो नेताको कुर्सी र पद कसरी सुरक्षित पार्ने गरि भएको गठबन्धनको मुल रहस्य जनताले थाहा पाईसकोछ नेता सिंहले बोल्नु भयो । पत्रकारको एक प्रश्नको जवाव दिदै नेता शम्भु सुप्रिमले “पत्रकार मेरा सरका ताज है“ बोल्नु भयो । हरदम न्यायका पक्षमा वकालत गर्ने पत्रकारले मेरो पनि मुल्यांकन गर्नु हुनेछ वहाँले विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार