मुलायम सिंहले भारतको मात्रै नभई विश्वले ठूलो धरोहरलाई गुमायो—नेपाल प्रधानमन्त्री

238 Shares

काठमाडौं । भारतीय राजनीतिको धरोहर एवं समाजवादी नेताको रुपमा प्रख्यात रहेका मुलायम सिंह यादवको ८२ बर्षको उमेरमा निधन भएपछि नेपाली प्रधानमन्त्री शेर बहादुनेपालका प्रधानमन्त्री शेरबहर देउवाले गहिरो दुख व्यक्त गरेको छ ।
नेपाली प्रधानमन्त्री देउवाले मंगलबार ट्विट गर्दै भनेका छन्, ‘उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा भारतका दिग्गज राजनीतिज्ञ श्री मुलायम सिंह यादव जीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
“एक प्रतिष्ठित समाजवादी नेताको रूपमा, स्वर्गीय यादवले भारत र बाहिरका धेरैको जीवनलाई छोए,” उनले थपे । समाजवादी पार्टीका संस्थापक ८२ वर्षियको सोमबार निधन भएको थियो । मंगलवार यादवको पैत्रिक गाउँ सैफईमा उनलाई अन्तिम संस्कारमा हजारौं मानिसहरुको उपस्थित भई अन्तिम दर्शनका लागि जनसैलाव आएका थिए ।
मुलायम सिंह यादवको राजनीति छवीबाट विपक्षीहरु पनि पत्याथ्यो जहिले पनि देश र समाजको लागि लडेका यादव आफनै प्रयोगशालामा यादव मुस्लिमको राजनीति अविश्कार गर्दा उनी ३ पटक उत्तर प्रदेशको मुख्य मन्त्री र भारतको रक्षा मन्त्री समेत सम्भाली सकेका थिए । उनको मृत्युबाट भारतको अपूर्णीय क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार