नायिका बर्षा सिवाकोटी ‘ए साथी सुन’ चलचित्रको छायांकनमा

रौतहट, ५ चैत । नायिका वर्षा सिवाकोटी ‘ए साथी सुन’ चलचित्रको छायांकन सुरु गरेकी छिन् ।
हेटौडामा सुरु भएको चलचित्र ‘ए साथी सुन’ को छायांकनमा वर्षा व्यस्त भएकी हुन् । नायिका वर्षाले सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै ‘ए साथी सुन’ चलचित्रको छायांकन सुरु भएको र आफू काम गर्न उत्साहित भएको बताएकी छिन् ।
‘कालिपुरुष’ नाम राखेर प्रि प्रोडक्शन काम सुरु भएपनि छायांकन अगाडी चलचित्रको नाम परिवर्तन भएको थियो । राघव आचार्यको निर्देशनमा तयार हुने यो चलचित्रमा वर्षाले नव–कलाकार रमेश बाँनियासँग रोमान्स गर्ने छिन् । यो चलचित्रको छायांकन हेटौडापछि धरानमा हुनेछ । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ ।