प्रजिअ शाही सहित सुरक्षा निकायको टोलीले आत्महत्या गरिरहेकोलाई रेक्सयु गरे

425 Shares

रौतहट, २६ असोज । भनिन्छ जसको काल नआए सम्म कसको कुनै बालबाका विगार्न सकिदैन ठिक त्यस्तै देवदुत बनेर जिल्लाको सुरक्षा जिम्मा लिएरका प्रमुख जिल्ला अधिकारी आएर तिनको जिवनलाई जोगाउन सफल भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ५ सन्तपुरका शेख जमिलका २६ बर्षिय छोरा राजा हुसेन घरायसी विवादको कारण घरमा कोही नभएको मौका छोपी घर छेउमै रहेको निमको रुखमा नाइनलको डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गर्न लागेकोलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही सहितको सुरक्षा निकायको टोलीले निजलाई जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
हुसेनले पासो लगाएको कुरा साना बालबालिकाहरुले निर्वाचन प्रयोजनको लागि मतदान स्थल सुरक्षा व्यवस्थाको जानकारी एवं अनुगमन गर्ने क्रममा भनेपछि प्रजिअ शाहीको उपस्थितिमा नाइनलको डोरी चुडाएर आत्महत्या गर्नबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
आत्महत्या गर्न गम्भीर घाइते भएका हुसेनको उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए । प्रजिअ शाही सहितको सुरक्षा निकायको टोलीले आत्महत्या गरिरहेको अवस्थामा रेक्सयु गरेर नागरिकको जीवन जोगाएकोमा सुरक्षानिकाय सराहनीय कार्य प्रशंसनीय रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार