sfsu zoom download how do i install an older version of zoom zoom app download windows 11 download chat on zoom zoominfo stock ipo

आलिया भट्ट २८ बर्षकी भइन

   ५ चैत्र २०७७, बिहीबार १२:५८  

रौतहट÷बलिउड नायिका आलिया भट्ट २८ बर्षमा प्रवेश गरेकी छिन् ।
सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’ बाट बलिउडमा पाइला राखेकी थिइन । उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् ।
यो चलचित्रका लागि ४ सय यूवतीले अडिसन दिएका थिए । चलचित्रका निर्माता करण जोहरले आलियालाई तौल घटाउन भनेका थिए । आलियाले बाल कलाकारको रुपमा भने सन् १९९९ मा चलचित्र ‘संघर्ष’ मा काम गरेकी थिइन् । यसपछि भने आलियाले पछाडि फर्किएर हेर्नु परेको छैन । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धमाका मच्चाइसकेका छन् ।
आलियाले आफ्नो जन्मदिनको पार्टी भने करण जोहरको घरमा मनाएकी छिन् । आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए । आलियाको प्रेम जीवन पनि सधै चर्चामा रहन्छ । उनी, केही बर्षदेखि नायक रणवीर कपुरको प्रेममा छिन् । यसअगाडि उनको नाम नायक सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै