249
Shares
काठमाडौं, २७ असोज । क्रिकेट खेलाडी सन्दीप लामिछाने माथि बलात्कारको आरोपमा थप ५ दिनको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएका थिए । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुन ः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।
‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘न्यायाधिश सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’