काठमाडौं, २७ असोज । गृह मन्त्री बालकृष्ण खाण र नेपालका लागि गणतन्त्र चिनियाँका राजदूत होउ यान्छी बीच सिंहदरवार काठमाडौंमा विहिवार भेटवार्ता भएको छ ।
सिंहदरबार स्थित गृह मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताएको हो । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने–‘नेपाल सरकार एक चीन नीति प्रति विश्वस्त छ, छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील बताए ।’
मन्त्री खाणले नेपालमा कुनै पनि मुलुक विरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको छन् । राजदूत यान्छी आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कँदै छिन् । उनको कार्यकालमा चिनियाँ राष्ट्रपति सि चिनपिङ, राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु लगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण गरेका थिए ।
राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीमा चिन फर्किन लागेकोमा मन्त्री खाणले शुभकामना दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन