विजय गच्छेदार, प्रभु साह सहित ११ जना विरुद्ध उम्मेदवारी खारेजीको मा गर्दै सर्वोच्चमा रिट दायर

441 Shares

काठमाडौं, २७ असोज । विगतमा फौजदारी कसुर तथा भ्रष्टाचारमा संलग्न रहेको भन्दै अधिवक्ता अनिल आचार्यले विहिवार सर्वोच्च अदालतमा ११ जना प्रतिनिधि सभाका निवर्तमान सदस्य विरुद्ध उम्मेदवारी खारेजीको माग राख्दै रिट दर्ता गराएको छ ।
भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो ।
अधिवक्ता आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराएको बताइएको छ ।


अधिवक्ता आचार्यले बिहीबार सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
साथै आचार्यले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क का एमाले उम्मेदवार युद्धविक्रम तामाङ, मनाङका काँग्रेस नेता टेक बहादुर गुरुङ, महोत्तरीकी लक्ष्मी महतो, झापा ५ ख का माओवादी केन्द्रका उम्मेदवार गगन भन्ने रेवतराज पुरी रहेका छन् । उनीहरू निष्कलङ्क नरहेको, भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको वा सजाय पाएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।
यस रिटमाथि असोज ३० गते प्रारम्भिक सुनुवाइ हुने गरी पेसी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार