कुनैपनि अवस्थामा पछि नहट्ने, त्यसको लागि गोली खान तयार रहेको—उम्मेदवार पटेल

266 Shares

रौतहट, २८ असोज । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको रौतहट ३ नम्वर क्षेत्रको सीटमा धिरज पटेलले उम्मेदवारी दिई प्रचारप्रसारमा लागिसेको अवस्थामा कसैको दवाव र प्रभावमा मेरो उम्मेदवारी फिर्ता नहुने बरु मलाई गोली हानेर हत्या गरेपछि मात्रै सम्भव रहेको उनले बताएका छन् ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न मतदाताहरु संग आग्रह गरेका हुन् । उम्मेदवार पटेलले आफ्नो क्षेत्रमा नेकपा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन ।


पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले मूल्याकन गरेर उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दावी गर्दै अहिले आएर अरुलाई समर्थन गरेको कुराको पछि नलाग्न आग्रह गर्दै त्यसो मलाई गोली हानेर हत्या गरेपछि मात्रै अर्को उम्मेदवार हुने सक्ने समेत उनले आक्रोश पोखे । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने ‘बरु मलाई गोली हानेर, हत्या गर्दा पनि म उम्मेदवारी फिर्ता लिने वाला छैन् । र, प्रभु साहलाइ समर्थन गर्ने त कुरा नै आउदैनन उनले भने ।’
माओवादी उम्मेदवार ‘जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । अनि त्यो प्रभु साहजी जनताको हुन सक्छ र ? कदापि हुन सक्दैन् । अब जनता भ्रममा पदैनन् पटेलले भने, प्रभु साहजी त हरियो घाँस भित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा थ्यो, पटेलले भने, उहाँले त क–कसलाई डस्नु भएन । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’
उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको साहरामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साह लगायतहरू पराजित हुने दाबी गरे ।
रौतहट ३ नम्बर क्षेत्रका जनता १५÷२० वर्षदेखि प्रभु साहको सबै कर्तुत, कुकर्म, क्रियाकलापको बारेमा अनविज्ञ छैनन । विज्ञनै छन् ।’ आफू कुनै पनि हालतमा चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने पटेलले स्पष्ट सन्देश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार