प्रभु साह, त्रिभुवन साह र कुन्दन कुशवाहालाई एमालेबाट निष्काशित

282 Shares

रौतहट, २८ असोज । नेकपा एमालेले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहलाई पार्टीबाट निकस्काशित गरेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थायी समिति सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज प्रभु साह, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र सह इन्चार्ज कुन्दन कुशवाहाले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको हुँदा पार्टीको सदस्यताबाट समेत निष्काशन गरिएको हो ।
तिनै जनालाई पार्टीबाट निष्काशित गर्दै सधैको लागि एमालेको ढोका बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभए सम्म रौतहट क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा उम्मेदवार उद्धव रेग्मीलाई जिल्ला इन्चार्ज तोकिएको एमालेको विज्ञप्तीमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार