काठमाडौं, २८ असोज । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन काठमाडौं आइपुगेको छ ।
यस अघिका अमेरिकी राजदूत ¥याण्डी बेरीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा लिएपछि नवनियुक्त राजदूत थम्पसन बिहीबार काठमाडौं आइपुगेको हो । श्रीमती सहित काठमाडौं आएका राजदूत थम्पसनले केही दिन भित्रमा ओहोदाको प्रमाणपत्र पेश गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेन समेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपाल स्थित अमेरिकी मिशन परिवार सँग भेटघाट गर्नमा बिताउनुहुनेछ ।
थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत काम गरेका छन् । रोमानियाको बुखारेष्ट स्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बो स्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव बोकेर आएका थम्पसनको कार्यकाल पनि उत्कृष्ट हुने कुटनीतिक मामिलाका जानकार बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन