वालुवाटारको वैठक सम्पन्न, अन्य भेलामा गएमा कारवाही हुने चेतावनी

तराई टप
काठमाडौं, ५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको संसदीय दलको बैठकले गटगत भेला नगर्न र सोको विपरित कार्य गरेमा कारवाही गरिने साँसदहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्नेशन दिएको छ ।
बालुवाटरमा बसेको बैठकमा पार्टी बाहेक अन्य समुहले बोलाएको भेलामा नजान साँसदहरुलाई निर्देशन दिदै प्रधानमन्त्री ओलीले गुटको बैठकमा गएकाहरुलाई आत्मलोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आहवान गरे । वैठकमा भएको निर्णय विपरित अन्य भेलामा गए वा निर्णय नमाने कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिदै पार्टीको निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कारवाहीको हुने निर्णय गरिएको वैठकमा सहभागी साँसद रेखा झाले तराई टप संग भने ।
वैठकले आजै संसदीय दलको बोर्ड गठन र विधान संशोधनको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको समेत उनले बताइन ।