सत्तारुद्ध महागठबन्धनका नेता माधवकुमार नेपाल र नागेन्द्र साह मतदाताको घरदैलोमा

416 Shares

रौतहट, २९ असोज । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको सिलसिलामा सत्तारुढ महागठबन्धनका उम्मेदवारहरु अहिले चुनावी प्रचार प्रसार अभियानको सुरुआत गरेका छन् ।
यसै सन्दर्भमा रौतहट क्षेत्र नम्वर १ बाट सत्तारुद्ध गठबन्धनको घटक दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रदेश सभा क बाट सदस्य पदका लागि नागेन्द्र साह चुनावी प्रचार प्रसारको शिलशिलामा मतादातहरुको घर दैलोमा पुगेर आफनो पक्षमा मत माग्नमा व्यस्त रहेका हुन् ।
राजदेवी नगरपालिकाको मोतिपुर, यमुनामाईको झुन्खुनवा, भेडियाही, सरुअठा, शुकदेव चौक लगायतका विभिन्न स्थानहरुमा शनिवार घरदैलो कार्यक्रमहरु गर्दै कोर्ण सभा मार्फत जनताहरुको मत सत्तारुद्ध गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।


कोर्ण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट र काँग्रेस मिलेर नेपालमा ठूलो परिवर्तनहरु भएको इतिहास साक्षी रहेको बताउदै समृद्ध नेपाल र सुखी नेपाल बनाउनका निमित्त यो गठबन्धनलाई निरन्तरता दिनु बाहेक अन्य कुनै विकल्प नरहेको उनले बताए ।
रौतहट जिल्ला सहित तराई मधेशका जिल्लाहरुमा विकास निर्माणको कार्य लगायत बाटोघाटो, निजगढ विमानस्थल, फास्ट ट्रयाक सहितका जनता संग प्रत्यक्ष सरोकार राख्ने विकासका निमित्त जस्तो सुकै परिस्थितिको सामना गरेर जनताहरुको हितलाई सम्बोधन गर्ने र सोको निराकरण गर्नमा निरन्तर प्रयासरत रहेको स्पष्ट पारे ।
केपी ओलीको नाम नलिकनै त्यसता व्यक्तिवादी चरित्र भएका व्यक्तिहरुबाट नेपाल मुक्ति चाहिरहेको अवस्थामा त्यस्ता शक्तिहरुलाई परास्त गरेर नेपालमा विकास निर्माणको आँधीवेरी ल्याएर विश्वको विकासको सुचाँकमा अघि बढाउने मेरो एक मात्र लक्ष्य रहेको प्रष्ट पारे । यस क्षेत्रको प्रतिनिधि सभामा कलम र प्रदेश सभामा रुख चुनाव चिन्हमा मोहर लगाएर सकारात्मक सन्देश दिन उनले सार्वजनिक रुपमा अपिल गरे ।


रौतहट क्षत्रे नम्वर १ को क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नागेन्द्र साहले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल जस्तो व्यक्ति संग रहेर चुनावमा सहभागी हुनु निकै गर्वको विषय भएको बताउदै रौतहट १ नम्वर क्षेत्रबाट गठबन्धनको पक्षमा मतदान गरेर यहाँको विकास निर्माणको कार्यहरुलाई अघि बढाउने तथा स्वास्थ्य, शिक्षा, कृषि, वेरोजगार युवाहरुलाई रोजगारीको प्रबन्ध, महिलाहरुलाई सिप लगायतका कार्यक्रमहरु लागु गराउन गठबन्धनको उम्मेदवारलाई जित्नु जरुरी भएको हुँदा सत्तारुढ महागठबन्धनको पक्षमा मतदान गरेर प्रतिनिधि सभा र प्रदेश सभामा पुर्याउनु तपाईहरुको कत्तव्र्य रहेको हुँदा यहाँको जनताहरु माथि विश्वास रहेको हुँदा जनताहरुको साथ रहनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
सो कार्यक्रमहरुमा गौर नपाको मेयर शम्भु साह, राजदेवीको मेयर भिखारी राय यादव, वृन्दावनको मेयर विनोद पटेल, बौधीमाईको मेयर प्रदीप यादव, फतुवा विजयपुरका निलम्बीत मेयर गोपल राय यादव, महिला नेतृ सरला यादव, नेकाको युवा नेता मोहन यादव, श्रीराम यादव, महम्मद मकसुद राँकी सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार