download zoom safely i would like to download zoom download from zoom recording link zoom older version download do u have to download zoom zoom standalone download http www.zoom.com.cn download download zoom client windows 10

बजार अनुगमनको क्रममा भन्सार छलीको सामान सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिए

   ५ चैत्र २०७७, बिहीबार १४:३३  

तराई टप संवाददाता
विरगंज, ५ चैत । सिमापारी भारतीय बजारमा खरिद गरेर चोर नाका भएर ल्याइएको १ लाख ५८ हजार ७ सय ३१ रुपैया बराबरको मालसामान सहित एक जनालाई विरगंजमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा निस्किएको बजार अनुगमन टोलीले भन्सार छलि गरेर ल्याइएको पेय पदार्थ, चकलेट लगायतका किराना सामान सहित विरगंज महानगरपालिका वडा नम्बर २५ निवासी ३६ वर्षीय रामबाबर कुमार पटेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका पटेलमाथी राजस्व छली चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै