रौतहट १ मा सत्तारुद्ध गठबन्धन र एमाले जसपा गठबन्धन बीच प्रमुख प्रतिष्पर्धा

337 Shares

रौतहट, ३० असोज । रौतहट निर्वाचन क्षेत्र नम्वर १ मा सत्तारुद्ध गठबन्धन र एमाले जसपा गठबन्धनका उम्मेदवारका बीच प्रतिष्पर्धा हुने भएको छ ।
सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रदेश सभा सदस्य पदका लागि क बाट नागेन्द्र साह र ख बाट नेका प्रदेश सभापति कृष्ण प्रसाद यादव चुनावी मैदानमा रहेको छ भने अर्को तर्फ नेकपा एमाले जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदमा अजयकुमार गुप्ता प्रदेश सभा क मा एमालेका राजकिशोर यादव र ख मा जसपाका योगेन्द्र यादव विच प्रमुख प्रतिष्पर्धा हुने प्रवल सम्भावना रहेको हो ।


राजनीतिक हिसाबले राष्ट्रिय, अन्तरराष्ट्रिय नेताको हाइट भएको नेपाल र गौर नगरपालिकाको पूर्व मेयर गुप्ता विच प्रतिनिधि सभा सदस्य पदको लागि लडाई रहेको छ । प्रतिनिधि सभा सदस्य बन्न आ आफनो पक्षमा मतदान गर्न दुबै नेता मतदाताहरुको घरदैलोमा गएर मात माग्ने अभियानलाई तिव्र बनाएको देखिन्छ । जनताहरुको हृदयमा बस्ने दुबै मध्ये एक जना प्रतिनिधि सभामा जाने पक्का देखिन्छ ।
सत्तारुढ गठबन्धनबाट नेकपा एसको भागमा परेको सीटमा सो पार्टीका राष्ट्रिय अध्यक्ष नेपाल संग १५ बर्ष सम्म एमालेको महासचिव, एक पटक प्रधानमन्त्री भएको अनुभव रहेको छ भने प्रतिष्पर्धामा रहेका एमालेका गुप्ता संग गौर नगरको दुई पटक मेयरको अनुभव रहेको छ । रौतहट क्षेत्र नम्वर १ को जनताहरु जसलाई पत्याउछन त्यो नै यस क्षेत्रका अभिभावक बन्ने अवसर प्राप्त गर्ने छन् ।


हुनत प्रतिनिधि सभा सदस्यका लागि यी दुई गठबन्धन बाहेक नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सुशासन पार्टी, राप्रपा नेपाल, जनमत पार्टी र ९ जना स्वतन्त्र उम्मेदवार सहित १६ जना प्रतिनिधि सभाको उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट बुझिएको छ ।
यसैगरी प्रदेश सभाको लागि १ को (क) बाट सत्तारुद्ध गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र साह र एमाले जसपा गठबन्धनबाट एमालेका राजकिशोर यादव विच प्रमुख प्रतिष्पर्धा हुने देखिन्छ । यी दुबैमा कसले बाजी मार्ला त्यो राज भविष्यको गर्भमा लुकेको छ जुन मंसर ४ मा मतदान भएर मतगणना पछि थाहा हुनेछ । हुनत पार्टीगत र जनमत पार्टीबाट ललित मल्लिक सानु तथा स्वतन्त्र गरी ३१ जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहेको बुझिएको छ ।


निर्वाचन क्षेत्र नम्वर १ को (ख) बाट सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं भविष्यका मुख्यमन्त्रीका उम्मेदवार कृष्णप्रसाद यादव, जसपाका योगेन्द्र राय यादव, जनता प्रगतिशिल पार्टीका श्रीमन नारायण मिश्र तथा स्वतन्त्र उम्मेदवार राजेश चौधरी बीच प्रतिष्पर्धा हुने देखिन्छ । प्रदेश सभाको (ख) मा प्रतिष्पर्धा निकै चुनौतीपूर्ण रहेको हुँदा सबै उम्मेदवारहरु जनताहरुलाई रिझाउन र मत माग्नमा व्यस्त रहेका छन् । प्रदेश सभाको (ख) मा पार्टीगत र स्वतन्त्र गरी १८ जना उम्मेदवारहरु चुनावी मैदानमा आ आफनो पक्षमा मतदान गर्न जनताहरुको घरदैलो चहारिरहेका छन् । जनताहरुको अमूल्य मत जसलाई भेट्यो त्यही प्रदेश सभा सदस्यको योग्य उम्मेदवार फुल मार्कबाट उतिर्ण हुने विश्लेशकहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार