निर्वाचन आयोगद्धारा मतदाता नामावली सार्वजनिक, प्रदेश २ को सर्लाहीमा सवैभन्दा बढि मतदाता संख्या

   ५ चैत्र २०७७, बिहीबार १४:५२  

तराई टप संवाददाता
रौतहट, ५ चैत । निर्वाचन आयोगले मतदाता अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशन गरिएको मतदाताको अन्तिम नामावली अनुसार प्रदश नम्वर २ को ८ वटा जिल्लामा सवैभन्दा बढि मतदाता सर्लाही जिल्लामा रहेको छ ।
सार्वजनिक गरिएको नामावली अनुसार प्रदेश नम्बर २ मा २९ लाख १० हजार ७७ जना रहेको हो । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भए सँगै अन्तिम नामावली प्रकाशन गरिएका छन् ।
जस अनुसार देशभर जम्मा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश नम्वर २ मा सबैभन्दा बढी सर्लाहीमा मतदाता रहेको छ ।
सर्लाहीमा ४ लाख १३ हजार १ सय ७४, बारामा ३ लाख ७२ हजार ९ सय ५८, रौतहटमा ३ लाख ५८ हजार ३ सय ५५ जना, धनुषामा ४ लाख ९ हजार ९ सय ८५, महोत्तरीमा ३ लाख ३६ हजार ९५, सप्तरीमा ३ लाख ५५ हजार ६ सय ९१, सिरहामा ३ लाख ६४ हजार १ सय ७१ जना मतदाता कायम गरिएको आयोगले जनाएको छ ।
मुलुकभरीमा १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै