रौतहट, ३१ असोज । ६७ औं प्रहरी दिवश भव्यताका साथ सोमवार रौतहट सहित देशभरी मनाइदैछ ।
सत्य, सेवा, सुरक्षणमको मूल मत्रका साथ २०१२ साल असोज ३१ गते नेपाल प्रहरीलाई व्यवस्थित बनाउन बनाइएको ऐन अन्तर्गत नेपाल प्रहरीको विधिवत रुपमा संगठन स्थापना भएपछि साही दिनमा बर्षेणी बार्षिक उत्सव तथा दिवसको रुपमा मनाउदै आएको हो ।



यसैक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले नेपाल प्रहरीको चुनौतीहरु स्थापना काल देखि नै कुशलताका साथ पुरा गर्दै अपराध अनुसन्धानमा दरो भुमिका निर्वाह गरेर समाजमा शान्ति सुरक्षा व्यवस्थापन राम्ररी रुपमा गरेको चर्चा गरे ।
प्रहरी विनको समाज, प्रहरी विनाको दैनिक जिवनलाई कल्पना गर्न नसकिने भएको हुँदा प्रहरी भनिनै वित्तिकै समाजमा हुने विभिन्न खाले अपराध, अवाञ्छित गतिविधि नियन्त्रण जस्ता कार्यमा नेपाली जनताहरु पहिलो नेपाल प्रहरीलाई नै सम्झिरहने भएको हुँदा ग्रास रुटको जनताहरु एवं लक्ष्ति वर्ग संग सोझै प्रहरीको सरोकार रहने भएको हुँदा आम मानिसलाई प्रहरीको काम कत्तव्र्य र दायित्वको बोधको नतिजा नै अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल रहेको बताए ।
६७ औं प्रहरी दिवसको अवसरमा कत्र्तव्य परायणको शिलशिलामा मृत्यु हुनु भएका प्रहरी कर्मचारीको परिवारजनलाई दोसल्ला र नगद प्रदान प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले गरे । यस्तै विभिन्न खेलकुद प्रतियोगितामा सहभागी भएका प्रहरी अधिकृत देखि लिएर परिचर सम्मलाई सम्मान वितरण गरियो । साथै विभिन्न गैरसरकारी संघ संस्थाहरुलाइ कदर पत्र प्रदान गरियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले शुभकामना मन्तव्य दिएका थिए । सो कार्यक्रममा सशस्त्र प्रहरीका एसपी ध्रुव कार्की, प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धानको उप निर्देशक, आरडिसीका अध्यक्ष पारस हुसैन सहितका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए । सो कार्यक्रमको संचालन प्रहरी निरीक्षक दिनेश कुवरले गरेको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन