राधेश्याम कुशवाहा
सर्लाही, ३१ असोज । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ स्थित मरिचमान माध्यमिक विद्यालयमा दस जोड दुई (प्लस टु) को कक्षा सन्चालनमा आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
गणतन्त्र र संघीयता कार्यान्वयन पछिको पहिलो स्थानीय सरकारको पांच बर्षे कार्यकालमा समेत उक्त विद्यालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरिदा त्यहाँका विद्यार्थीहरलाई अन्यत्र अध्यापनको लागि पठाउने गर्दा अभिभावकहरुमा निराशा छाएका थिए ।
हालै निर्वाचित भएका स्थानिय सरकारले पहिलो प्राथमिकतामा राख्दै प्लस टु को अनुमती दिलाएर कक्षा सन्चालनमा आएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का अभिभावकहरुको विगत १५ वर्षे सपना साकार भएको स्थानीय मन्जुु सिंह बताउछिन ।
वैशाख २०७९ को स्थानीय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्ष राज कुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तिन महिना भित्र अहोरात्री खटेर सम्पूर्ण पक्रिया पुर्याई कक्षा ११ को अध्यापन शुरु गराउनु निकै सुखद र सकारात्मक कार्य रहेको उनले भनिन । उहाँको नेतुत्वमा भएको उल्लेखनीय कार्यहरुले उहाँको कार्यकालको ६ महिना नबित्दै आम नागरिकहरु बल्ल सिंह दरवार गाउँ गाउँमा रहेको महसुस गरेका हुन ।
स्थानीय रिषी माझिका अनुसार स्थानीय स्तरमा प्लस टु का कलेज नहुदा किशोर किशोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि टाढाका कलेजहरुमा जानु परेको बाध्यता रहदै आएको थियो ।
किशोरीहरु टाढाका कलेजमा पढन जादा किशोरीहरु विभिन्न हिंसामा पर्ने डरले अभिभावहरु चिन्तित थिए । उनले भने । कक्षा १० का पढाई पुरा गरेर कलेज टाढा भएकै कारण कतिपय किशोरीहरुलाई असुरक्षित हुने डरले अभिभावकहरु उच्च शिक्षा पुरा गर्नबाट बन्चित गर्दै आएका थिए । स्थानिय स्तरमा प्लस टु संचालनमा आएपछि सबैभन्दा बढी किशोरीहरु लाभान्वित हुने उहाँको कथन थियो ।
विगत १५ बर्षदेखि चन्द्रनगर गाउँपालिकाका वडा न. ६ र ७ का अभिभावकहरुले आफनै गाउँमा रहेका श्री मरिचीमान माविमा उच्च शिक्षा अध्यायपन गराउनुपर्ने माग गर्दै आएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।
शिक्षा नै विकासका मूल आधार भन्ने नारालाई आत्मसाथ गर्दै वास्तविकता र आवश्यकतालाई मध्यनजर गर्दै मैले वैशाख २०७९ का स्थानीय निर्वाचनमा निर्वाचित भएपछि यस विषयलाई उच्च प्राथमिकता दिदै ठूलो आन्तरिक विवाद तथा कार्यपालिकामा आफनो पार्टीको अल्पमतको बावजदु पनि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम एवम वार्षिक बजेटमा सम्बोधन गराउन सफल भए । उनले लामो सास फेर्दै भने ।
त्यसपछि मरिचीमान जनता माध्यमिक विधालयमा सर्वपक्षिय एवम सर्वदलिय बैठकको आयोजना गरी कक्षा ११ पठनपाठन शुरु गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको महतो बताउँछन ।
उक्त प्रक्रिया पुरा गर्न र कार्यपालिकाबाट कक्षा ११ को अनुमति पारित गराउन कार्यपालिकाकै केही सदस्यहरुबाट तथा गाउँपालिका भित्रका केही राजनितिक पार्टीका अगुवाहरुबाट विभिन्न किसिमका बाधा अवरोध तथा असहयोग झेल्नु परेको तितो अनुभव हामीसंग छ । उनले भने ।
उक्त विद्यालयमा प्लस टु अर्थात कक्षा ११ र १२ को अध्यापन शुरु होस भनेर उक्त क्षेत्रका अभिभावक एवम आम नागरिकले २०६४ साल देखि नै संघर्षरत थिए । स्थानिय सरकारले उच्च शिक्षा पुरा गरी २० बर्ष पारी बिहे गर्ने किशोरीलाई सम्मान स्वरुप ५० हजार दिने घोषणा गरेका कारण स्थानिय स्तरमा प्लस टु संचालन भएपछि किशोरीहरुलाई उच्च शिक्षा पाउने अवसर मिल्नुको साथै बालविवाहमा समेत कमी आउने अपेक्षा गरिएको छ ।