एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बद्रीप्रसाद न्यौपाने एमाले छाडे

210 Shares

रौतहट, ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गलत निर्णयको कारण मधेश प्रदेशको विभिन्न जिल्लामाहरु एमालेको परित्याग गर्नेहरु संख्या बढ्दै गएको छ । पछिल्लो समयमा नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले नेकपा एमाले छाडेको घोषणा गरेको हो । केन्द्रीय सदस्य न्यौपानेले दुई दिन अघि एक पत्र सार्वजनिक गर्दै नेकपा एमालेले मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी गठवन्धन गरेको प्रति असहमती जनाई पार्टी छाडेको घोषणा गरेका हुन् ।
न्यौपानेको उक्त पत्रमा हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेसमा साम्प्रदायिक भडकाई, नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जसपासँग एउटा राष्ट्रवादी पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको कहिले पनि हित नचाहने र भारतको ईशारामा नेपालमा आफ्नो गतिविधि गर्ने पार्टीसँग जनताको माग विपरीत अनि पार्टी कार्यकर्ताको मागलाई बेवास्ता गर्दै गठवन्धन गरिएको आरोप लगाएका छन् ।
यो गठवन्धन देश र जनताको पक्षमा नभई विदेशी स्वार्थमा गरिएको न्यौपानेले पत्रमा लेखेका छन् । २०७४ सालमा राष्ट्रिय चुरेभावर पार्टीलाई समाहित गर्दै एमालेमा प्रवेश गरेका न्यौपानेले भावर आन्दोलनका शहीद र घाइतेप्रति उच्च सम्मान गर्दै अब आफू स्वतन्त्र भई देश र जनताको हितमा लाग्ने पत्रमा उल्लेख गरेका छन् ।
स्रोतका अनुसार पूर्व मन्त्री समेत रहेका न्यौपाने जसपासँग तालमेल गरेपछि असन्तुष्ट भई रौतहटमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता प्रभु साहको निकट मानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार