रौतहट, ३१ असोज । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवार दिएका पूर्व मन्त्री प्रभु साहले मधेश प्रदेशको ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवारलाई जिताउन अभियान संचालन गरेको छ ।
प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाली जनताहरुको अथक त्याग, संघर्ष र बलिदानीको फलस्वरुप प्राप्त भएको संघिय लोकतन्त्र आज राजनीतिक दलका नेताहरुको गलत गतिविधि र अपवित्र गठबन्धनले दुषित मात्रै भएको छैनन सिंगो मुलुक नै अस्थिरताको भुमरिमा फस्दै गएको छ ।
यस्ता विडम्बनापूर्ण अवस्थालाई सुधार गर्न तथा देशमा सुशासन, स्थिरता, विकास र समृद्धिको लागि अगामी मंसिर ४ मा हुने आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जीत अपरिहार्य रहेको उनले ठहर गरेको छ । यो एतिहासिक अभिभारा पुरा गर्न हामी “स्वतन्त्र उम्मेदवार जिताउ अभियान” सुरु गरेको प्रेषित विज्ञप्तीमा उल्ललेख गरिएको छ ।
साथै यो एतिहासिक अभिभारा पुरा गर्न हामी “स्वतन्त्र उम्मेदवार जिताउ अभियान” अन्तर्गत मधेश प्रदेशको आठौं जिल्लामा स्वतन्त्र संयोजकको जिम्मेवारी तोकिएका छौं । जस अनुसार पर्सामा बाबुराम कौंशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई संयोजकको जम्मेवारी दिइएको प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन