चन्द्रपुर (रौतहट), ३१ असोज । सत्तारुद्ध गठबन्धनबाट रौतहट निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसबाट उम्मेदवार भएका देव प्रसाद तिमलसिना र क बाट प्रदेश सभा सदस्यका उम्मेदवार युवराज भटराई (समिर) को पक्षमा जनलहर बढ्दै गएको छ ।
तिमलसिना निर्वतमान प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ, उनले दोश्रो कार्यकालको लागि चुनावी मैदानमा होमिनु भएको हो । उनको लोकप्रियता र जनता संगको सम्बन्धको कारण नै उनी पुन ः दोश्रो कार्यकालको लागि चुनावी मैदानमा होमिदा विरोध पार्टीको अवस्था खस्कीदै गएका छन् ।

तिमिलसिना क्षेत्र नम्वर ४ मा असाध्यै नाम चलेको जनतामा पहिचान भएको, सबैका लागि सबै संग हिड्ने अन्य नेता जस्तो नभई जनताको हितलाई सर्वोपरी राखेर अघि बढेको कारण नै उनका पक्षमा जनलहर तिव्र हुँदै गएका हुन् । हुनत निर्वाचन हो मतदान भएर मतगणना नभए सम्म कसैलाई विजयी भन्न मिल्दैन तर तिमलसिनाको लोकप्रियताको अगाडी अन्य उम्मेदवार फिका सावित भईरहेका छन् ।
नेका उम्मेदवार तिमलसिना विहान, दिउसो राति को समयमा मतदाताहरुको घर दैलोमा गएर बैठक गर्ने, हालखवर लिने, लगायतको समस्याहरुको पहिचान गर्दै आफनो पक्षमा मत माग्ने कार्यलाई निरन्तर रुपमा जारी राखेको छ । सत्तारुद्ध गठबन्धनकै घटक दल नेकपा माओवादीबाट प्रदेश क बाट उम्मेदवार दिएका युवराज भटराई (समिर) संग भोट भाग्न अहिले उनी व्यस्त रहेका छन् ।

गठबन्धनको पक्षमा रुख र गोलाकार भित्र हसिया हथौडामा स्वस्तीक लगाउन आग्रह गर्दै जनताहरुको दैलोमा पुग्ने गरेका छन् । क्षेत्र नम्वर ४ का मतदाताहरुलाई तिमलसिना जस्तो प्रतिनिधि सभा सदस्य र समिर जस्तो प्रदेश सभा सदस्य भेटिएको हुँदा उनीहरु निर्वाचित भएपछि चन्द्रपुर सहित ४ नम्वर क्षेत्र विकासको गतिमा निकै अगाडी बढ्ने र त्यहाँको जनजिविकाको सवालमा सबै आत्मनिर्भर बन्ने विश्वास उनीहरुले लिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन