रौतहट, ३१ असोज । मंसिर ४ गते हुने आम निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्वर ४ को ख बाट स्वतन्त्र उम्मेदवार बनेका रबीकुमार जयसवालको चुनावी अभियान तिव्र बनेको छ ।
युवा एवं निवनतम उद्यमी जयसवालको कार्यशैली र जनताहरुको दुख पिडा सुन्ने बानी व्यवहार देखेर उनको लोकप्रियता बढ्दै गएको हो ।
विकासको दृष्टिकोर्णबाट अत्यन्तै पिछडिएको उक्त क्षेत्रमा विगतका प्रदेश सदस्यले कुनै पनि विकास निर्माणको कार्य नगरेको र पुन ः उम्मेदवारी दिएपछि युवा प्रतिभावान जयसवाल चुनावी मैदानमा होमिएको बताइएको छ । प्रदेश सदस्य पदका उम्मेदवार जयसवाल विभिन्न बहानामा जनताहरुलाई सेवा पुर्याउदै आएका छन् ।
जयसवाल पहिलो पटक उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँदा उनलाई प्रदेश सभा सदस्य पदमा जिताई क्षेत्रमा विकास निर्माण देखि लिएर, समुचित बाटोघाटो, स्वच्छ खानेपानी, गुणस्तरिय शिक्षा, आधुनिक स्वास्थ्य, वेरोजगार युवाहरुलाई क्षेत्रमै रोजगारीको व्यवस्थापन लगायतका विभिन्न कार्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गत ख प्रदेश सभामा बसोबास गर्ने मतदाताहरु रबीकुमार जयसवालको चुनाव चिन्ह जिप छापमा स्वस्तीक लगाएर अत्याधिक मतबाट विजयी बनाउन उनले मतदाताहरुसंग हार्दिक रुपमा अपिल जारी गरेको छ ।