पुल निर्माणको विषयलाई लिएर रौतहट बाराको स्थानीय विच झड्प ६ जना घाईते

   ५ आश्विन २०७७, सोमबार १०:५७  

रौतहट, ५ असोज । रौतहट र बारा जिल्लाको सिमानामा पर्ने अरुवा खोलामा पुल निर्माणको विषयलाई लिएर भएको विवाद उग्र रुप लिएपछी सोमबार बिहान दुवै जिल्लाको स्थानीयहरु बीच झडप भएका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको मेवा र बाराको आदर्श कोतवाल गाउँपालिकाको रुपौलिया गाउले विच पुलको विषयलाई लिएर सुरु भएको विवाद उग्र रुप लिएपछी दोहोरो झडप भएका हुन् ।
दोहोरो झडपमा परी दुवै तर्फ गरेर ६ जना व्यक्ति घाईते भएका छन् । मेवाको ३ जना र रुपौलियाका ३ जना गरेर ६ जना घाईते भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको वारा रुपौलियका स्थानीय बासिन्दा नुर आलमले जानकारी दिए । घाईते भएकाहरुको टाउकोमा चोट लागेको छ ।
दुई जिल्लाको सिमाना छुट्याउन अरुवा खोलामा पुल बनाउन सडक डिभिजन कार्यालयबाट ठेक्का लगाएर काम गराउदा कोतवाल गापा रुपौलियाको बासिन्दाहरु पटक पटक निर्माणमा अवरोध खडा गर्दै आइरहदा गत जेठ महिनामा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपस्थित भएर विवाद समाधान गरेर निर्माण कार्यलाई निरन्तरता दिने सहमती भएपनि बर्षा यामको कारण निर्माण कार्य बन्द थिए ।
हिजो देखि निर्माण कार्य सुरु हुँदा पुन रुपौलियाको बासिन्दाहरुले निर्माण कार्यमा अवरोध खडा गरेर विरोध जनाउदै गर्दा मेवाका सयौं बासिन्दाहरु उक्त स्थामा भेला भएर कामलाई सुचारु राख्न अडा राख्दा उक्त दोहोरो झड्प भएको बताइएको छ । घटना हुना साथ तत्कालै दुवै जिल्लाका सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेर अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरतबहादुर श्रेष्ठले बताए ।
रुपौलियाका बासिन्दाहरुले नदीमा पुल निर्माण भएपछि नदीको धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने आशंकामा विरोध गर्दै आएको छ । दुवै तर्फका स्थानीय बासिन्दाहरुलाई सम्झाई बुझाई गरी घर पठाएको र दुवै जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका पदाधिकारीहरु विच छलफल नभए सम्मको लागि काम स्थगीत राख्ने सहमती भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै