196
Shares
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का प्रमुख मोहसिन बटलाई मंगलबार एक पत्रकारले सोधेका थिए, “के भारतसँग सुपुर्दगीको यो प्रक्रिया अगाडि बढ्छ ?
दाउद इब्राहिमलाई भारतलाई सुम्पने हो?” बटको प्रतिक्रियाको भिडियोमा उनले रिपोर्टरबाट टाढा हेरेको र उनको प्रश्नको जवाफ दिन अस्वीकार गरेको देखाइएको छ । उक्त भिडियो दिल्लीमा भएको इन्टरपोलको सम्मेलनमा खिचिएको हो ।