zoom download for microsoft download participants list zoom zoom upgrade download why is my audio not working on zoom windows 10 - why is my audio not working on zoom windows 10 room zoom race for impact pc download

आन्तरिक राजस्व कार्यालयद्धारा बजार अनुगमन गर्दा पसलहरु धमाधम बन्द

   ५ चैत्र २०७७, बिहीबार १७:२२  

रौतहट, ५ चैत । रौतहट सदरमुकाम गौर लगायत विभिन्न ग्रामिण एवं चहलपलह हुने चोकहरुमा रहेका आन्तरिक राजस्व कार्यालयमा दर्ता नरहेका पसलहरु हिजो देखि अचानक बन्द रहेको पाइएको छ ।
खास गरी हार्डवेयर, जेनरल सपलायर्स, किराना, पारचुन सहितका विभिन्न पसलहरु आन्तरिक कार्यालयमा दर्ता नगराई संचालन गरेर राज्यलाई तिर्नुपर्ने टैक्सको चोरी गरिरहदा उक्त कार्यको अनुगमन गर्न आन्तरिक कार्यालयका कर्मचारीहरु छड्के जाँच आवद्ध नरहेका पसलहरु धमाधम बन्द भएको हो ।
गौर नगरपालिकामा संचालनमा रहेका पारचुन, किराना, हार्डवेयर, जेनरल सप्लायर्स सहितका विभिन्न पसलहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएपनि आन्तरिक राजस्व कार्यालयमा दर्ता नगराई टैक्स चोरी गरिरहेको गुनासो बढ्दै जाँदा स्थानीय प्रशासनको समन्वयमा आन्तरिक राजस्व कार्यालयले अनुगमन गर्दा उक्त पसलहरु बन्द भएका हुन् ।
चन्द्रपुर नगरपालिका ८ स्थित बसन्तपुरमा रहेका पसल बुधबार दिउसो धमाधम बन्द भए । पान पसल देखी कपडा पसलको सटर दिउसै झारेको देखेर उपभोक्ताहरु चकित भए । व्यापारीले दिउसै पसल बन्द गर्नुको प्रमुख कारण भनेको राजस्वको अनुगमन रहेछ । आन्तरिक राजस्व कार्यालयबाट कर्मचारी आएर प्यान, भ्याटमा दर्ता भए नभएको हेर्न थालेपछि बसन्तपुरका पसल दिउसै बन्द भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै