हंगकंग । चीनमा युरोपेली लगानी घट्दै गएको पाइएको छ । चीनको शून्य कोभिड नीतिका कारण अर्थतन्त्र खस्किन थालेसँगै युरोपेली मुलुकबाट हुने लगानी पनि घट्दै जान थालेको हो ।
सिङ्गापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार हाल चीनका केही बहुराष्ट्रिय कम्पनीमा मात्रै युरोपेली लगानी सीमित हुन पुगेको छ । चीनले प्रकाशित गर्ने आधिकारिक तथ्यांकमा भने समग्रमा प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिएको छ ।
यद्यपि चीनले हङकङबाट हुने लगानीलाई समेत वैदेशिक लगानी मान्ने गरेकाले यसको पारदर्शीतामाथि प्रश्न उठ्ने गरेको बताइन्छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको रोडियम नामक अनुसन्धान केन्द्रका अनुसार युरोपेली युनियन एवम् बेलायतबाट चिनियाँ उद्योग एवम् कारखानामा हुने वैदेशिक लगानी घटेको पाइएको हो ।
यस आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा यस्तो वैदेशिक लगानी घटेर २ अर्ब अमेरिकी डलरभन्दा कममा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा यो ४ अर्ब ८० करोड डलर रहेको रोडियमलको अध्ययनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्सले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन