zoom app in spanish zoom meeting join zoom meeting join zoom meeting download gratis why is my audio not working on zoom windows 10 - why is my audio not working on zoom windows 10 download zoom recordings from link zoom safe to download

प्रदेश स्तरिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि समिक्षा बैठक विरगंजमा सम्पन्न

   ५ चैत्र २०७७, बिहीबार १८:०७  

तराई टप संवाददाता
विरगंज, ५ चैत । प्रदेश स्तरिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धि एक दिने समिक्षा वैठक पर्साको विरगंजमा सम्पन्न भएको छ ।
विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा विहिवार भएको उक्त समिक्षा वैठकमा प्रदेश नम्वर २ को आठै जिल्लाको सुरक्षा निकायको प्रमुखहरुको उपस्थितिमा आउन लागेको बर्षा याममा विपतको जोखिमलाई कसरी कम गर्न सकिने त्यस वारेमा अवस्था पहिचान गरेर न्यूनिकरण गर्ने तर्फ अहिले देखि नै तयारीमा जुट्नु पर्ने सुझाव दिइएको हो ।
विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख अनिल पोखरेलले बर्षा याममा प्रदेश नम्वर २ मा रहेका दर्जनौं खोलाहरुमा आउने बाढी तथा कटानको समस्याहरुबाट बर्षेणी ठूलो क्षति हुने गरको हुँदा त्यस्ता विपदलाई समयमै पहिचान गरेर बर्षा अगावै समस्या समाधान गर्ने तर्फ आठै जिल्लाको प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका पदाधिकारीहरु सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
प्राकृतिक सम्पदाबाट भरिपूर्ण हाम्रो मुलुकमा चुरे तथा सो भन्दा माथिबाट निस्कने खोलाहरु तराई हुँदै भारत तर्फ बहाव छ तर खोलाबाट अनाधिकृत रुपमा निकालिन खोलाजन्य बस्तुको कारण बर्षेणी दक्षिणी भेगमा जोखिम बढिरहेकोमा त्यस तर्फ पनि सुरक्षानिकायको प्रमुखहरुको ध्यान जान आवश्यक रहेको बताउदै प्रमुख पोखरेलले खोलालाई व्यवस्थित बनाउन समयमै बाँध र स्परको मर्मत सम्बन्धित निकायको माध्यमबाट गराउनु पर्ने, अत्यन्तै जोखिमको सम्भावना भएको स्थानहरुलाई सुरक्षित बनाउने उपायहरुको अवलम्बन गर्नुपर्ने तथा हावाहुरीको समयमा आगलागीको प्रकोप तराई तिर व्यापक हुनेगरेको हुँदा त्यसलाई नियन्त्रण गर्न स्थानीय बासिन्दाहरुलाई सचेत गराउनुपर्ने समेत उनले सुझाव दिए ।
सो कार्यक्रममा प्रदेश २ प्रमुख सचिव गोकर्ण दवाडी, रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको एसपी मुकुण्ड खड्का सहित आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको डिआईजी, नेपाल प्रहरीको एसएसपी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीहरुको उपस्थितिमा उक्त समितिका वैठक भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै