पोर्चुगल । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारत, ब्राजिल र अफ्रिका महाद्वीपको प्रतिनिधित्व समावेश गर्ने UNSC सुधारको लागि आह्वान गरे।
संयुक्त राष्ट्र संघको ७७ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोस्टाले सुरक्षाको व्यापक दृष्टिकोण समावेश गर्न र साना देशहरूलाई निष्पक्ष प्रतिनिधित्व दिने सुरक्षा परिषद्को वकालत गरेका हुन् ।
“एक सुरक्षा परिषद जसले सुरक्षाको व्यापक दृष्टिकोण समावेश गर्दछ। एक सुरक्षा परिषद जहाँ अफ्रिकी महादेश, ब्राजिल र भारतको सीटहरू छन्। र जहाँ साना देशहरू उचित रूपमा प्रतिनिधित्व हुन्छन्,” उनले थपे।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले रुस यूक्रेन द्वन्द्व समाधान गर्न तर्फ र खाद्य संकटजस्ता ठूला संकटहरुका प्रभावहरूलाई न्यूनीकरण गर्न संयुक्त राष्ट्र संघ विशेष गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको प्रयासको स्वागत पनि गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन