सर्लाही, ४ कार्तिक । पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका १, मिलनचोकमा अवस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि माथि लुटपाट गर्ने उद्देश्यबाट गोली प्रहार गरेको आरोपमा प्रहरीले ३ भारतीय नागरिक सहित ४ जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
पक्राउ पर्ने भारतीयहरुमा बिहार राज्यको जिल्ला शिवहर ग्राम पंचायत तरयानी वडा नं. ८ बस्ने भुषण सिंहको छोरा १९ वर्षीय रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा नं. १० बस्ने अरबिन्द कुमार यादवको छोरा १९ वर्षीय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा नं. १२ निबासी अरुण सिंहको छोरा १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।
यस्तै सर्लाही धनकौल गापा वडा नं. १ निवासी सोनफी सहनीको छोरा ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी पनि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
बुधबार बिहान साँढे १० बजे तिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालय भित्र प्रवेश गरेर बैंकका प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्की माथि गोली प्रहार गरेको थियो । गोली प्रहार गरेपछि तीनै जना भारतीय नागरिक भारतीय नम्बर प्लेटको एउटै मोटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका थिए ।
लुट्ने असफल प्रयास हुँदा उनीहरुले प्रमुखमाथि अन्धाधुन्ध गोली प्रहार गरेर फरार भएको थियो । कार्कीको शरिरका विभिन्न ३ ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ ।
लालबन्दी नपा–२, जुटपानी निवासी ३० वर्षीय कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर विस्तृत ढंगले अनुसन्धान भईरहेको प्रहरीले जनायो । चारै जना बुधवार राति सीमापारी भारत तर्फ भाग्ने क्रममा पक्राउ परेको सर्लाहीका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन