नयी दिल्ली । भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । जम्मु कश्मीरको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस वर्षमात्रै १ करोड ६२ लाख पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार सन् १९४७ मा भारतले स्वतन्त्रता पाएयता जम्मु कश्मीरमा पर्यटकहरुले भ्रमण गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो ।
पर्यटकको आगमन बढेसँगै जम्मु कश्मीरमा आर्थिक गतिविधि पनि बढ्दै गएको जनाइएको छ । जम्मु कश्मीरमा पर्यटन क्षेत्रबाट ठूलो स्तरमा मानिसहरुले रोजगारी पनि पाइरहेको एएनआईले उल्लेख गरेको छ । जम्मु कश्मीरका पुञ्च, राजौरी, जम्मु र कश्मीर उपत्यका पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छन् ।
यसअघि स्थानीयहरुले पर्यटन क्षेत्रलाई थप सुदृढ गर्न जम्मु कश्मीर क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै आएका थिए । मानिसहरुको मागलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको राजधानी श्रीनगरबाट संयुक्त अरब इमिरेट्स युएईको शार्जाहका लागि अन्तर्राष्ट्रिय उडानको पनि व्यवस्था गरेको जनाइएको छ ।
हालैमात्रै पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सो क्षेत्रमा विस्तृत चलचित्र नीतिको पनि सुरुवात गरिएको थियो । त्यसयता चलचित्र छायांकनका लागि १४० वटा अनुमति दिइएको एएनआईले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन