प्रभु साहले मधेश प्रदेशको आठै जिल्लामा कमाण्डर तोके, एहालेलाई झट्का

262 Shares

नेकपा माओवादी केन्द्रबाट पार्टी एकीकरणकै निरन्तरता भन्दै केपी शर्मा ओली नेतृत्वको एमालेमै बसेका प्रभु शाहले अन्तत: एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्रको निकट बनेको छ । मधेश प्रदेशमा राम्रो पकड भएका शाहले चुनावको मुखमा एमाले छोडेपछि ओलीलाई ठूलो झट्का लागेको छ। 

यद्पि ओलीले भने नेता शाहले आफूलाई धोका दिएको दाबी गरेका छन्। तर, वास्तवमा ओलीले टिकट वितरणमा पार्टीका स्थायी कमिटीसमेत रहेका शाहलाई नसोधी उनको जिल्लाको टिकट वितरण गरिएपछि उनी आक्रोशित बनेका हुन्। 

विगतमा एक्लै चुनावी मैदानमा होमिने बताएका ओलीले अन्तिम समयमा चिनियाँहरुको दबाबमा चिनियाँ एजेन्ट उपेन्द्र यादवसँग गठबन्धन गरेपछि प्रभु शाह आक्रोशित बने। यसअघि अध्यक्ष ओलीले भने जसपा र उपेन्द्र यादवको चर्को आलोचना गर्दै मंसिरमा हुने चुनावमा एमाले एक्लै मैदानमा जाने बताएका थिए। 

तर, अन्तिम समयमा भने चिनियाँहरुको डिजाइनमा मधेसी जनताको नाममा राजनीति गर्ने र मधेसी जनतामाथि नै अन्याय गरिरहेका उपेन्द्र यादवलाई साथमा बोकेर हिँड्ने भएपछि प्रभु शाहले ओलीको साथ छोडेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिए र एमालेले दिएको टिकट पनि लत्याइ दिएका हुन्। 

ओलीसँग आक्रोशित बनेका शाह समूहले मधेस प्रदेशसभामा १७ स्थानमा बागी दिएको छ। एमाले स्थायी समिति सदस्य साहले पार्टीको टिकट लत्याएर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। माओवादी छाडेर दुई वर्षअघि एमाले प्रवेश गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।

उनले मधेस प्रदेशका ८ जिल्लामा जिल्ला संयोजकसमेत तोकेका छन्। एमालेमा उम्मेदवारलाई पराजित गर्न उनले स्वतन्त्र जिताउ अभियानसमेत घोषणा गरेका छन्। 

उनले  समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्‍न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान घोषणा गरेका हुन्। अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्डर) तोकेका छन्। 

आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लाको संयोजक तोकेको जानकारी दिएका हुन्। अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।