zoom for desktop free download zoom download for pc free windows 8 - zoom download for pc free windows 8 give me the zoom app zoom download for windows 11 laptop - zoom download for windows 11 laptop zoom app extension zoom installation failed error 10088 - zoom installation failed error 10088 download zoom app on computer

राजदेवी नगरपालिकामा चाँडै १५ सैयाको अस्पताल संचालनमा आउने नगरप्रमुख सिंहको प्रतिबद्धता

   ६ चैत्र २०७७, शुक्रबार १५:५५  

तराई टप संवाददाता
रौतहट, ६ चैत । स्थानीय तहको आर्थिक सहयोगमा सदरमुकाम बाहेक ग्रामिण भेगको नगरपालिकामा १५ सैयाको अस्पताल चाँडै सञ्चालनमा आउने भएको ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ३ को चण्डिया गाउँमा राजदेवी नगरपालिकाको आर्थिक सहयोगमा १५ सैयाको अस्पताल चाँडै सञ्चालनमा आउने लागेको हो । पहिला देखि नै चडियामा रहेको अस्पतालको लागि दुई तल्ले भवनमा संचालन हुन गईरहेको अस्पतालमा आउने विरामीहरुका लागि आवश्यक आधुनिक उपकरणहरु नगरपालिकाले व्यवस्था मिलाइ सकेको नगरपालिकाले जनाएका छन् ।
१५ सैयाको अस्पतालमा दक्ष एवं अनुभवी डाक्टर, नर्स, स्वास्थ्य स्वमसेविका, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियो ग्राफर, अनमी, कार्यालय सहयोगी, स्वीपर गरी २५ जना कर्मचारीहरुको करारमा भर्नाको लागि बोलपत्र समेत आह्वान गरिसकेको नगरपालिको नगरप्रमुख धिरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
प्रक्रियागत अनुसार कर्मचारीहरु चाँडै छनौट गरेर अस्पताललाई सञ्चालनमा ल्याउने नगर प्रमुख सिंहले बताए । नेपाल सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ अस्पताल नभएका ३ सय ९६ वटा स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरेका थिए । उक्त अस्पताल भवनको लागि राजदेवी नगरपालिकाको वडा ५ पताहीमा शिलान्यास भईसकेको छ ।
अस्पताल निर्माण गर्न नगरपालिकाबाट चैत ५ गते टेन्डर आह्वान गरिएको छ । संघीय सरकारको मातहतमा रही निर्माण भइरहेको अस्पतालबाट राजदेवी नगरपालिकाको नगरवासीहरुले चाडैं सेवा लिने पाउने उनले विश्वास व्यक्त गरे । नगरवासीहरु उपचारको लागि बाहिर जानुपर्ने अवस्था नओस भन्ने उद्देश्यका साथ सर्व सुलभ ढंगबाट गुणस्तरिय सेवा दिनका निमित्त १५ सैयाको अस्पताल सञ्चालनमा लाउन स्थानीय सरकार हर सम्भव प्रयास गरेको देखेर विरोधीहरु अनावश्यक रुपमा लागिरहेपनि अस्पताललाई संचालनमा ल्याएर जनतालाई सेवा दिने कार्यमा सधै अगाडी रहने प्रतिबद्धता प्रमुख सिंहले व्यक्त गरे ।
नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवोध सुवोध साहले नगर भित्र सञ्चालन हुन लागेको अस्पताल नाम मात्रैको नभई गुणस्तरीय स्वास्थ्य सेवा सहितको सुविधा प्रवाह गर्ने दाबी गरे । नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर भएकाले छिटो अस्पताल भवन निर्माणको लागि संघीय सरकार र प्रदेश सरकारसंग आवश्यक पहल गरेर समयमा नै निर्माण कार्य सम्पन्न गराउने लक्ष्यका साथ अघि बढेको स्पष्ट पारे ।
समाजसेवी नविन सिंहका अनुसार अस्पतालको अभावमा यस पालिका भित्रका जनताहरु उपचारको लागि विरगंज, चितवन, काठमाण्डौ तथा सिमापारी भारतको सितामढी, वैरगनिया, दरभंगा, मुजफ्फरपुर, पटना लगायतको स्थानमा जानुपर्ने बाध्यतालाई नगरप्रमुख सिंहको पहलमा पालिका भित्रै सुविधा सम्पन्न अस्पतालको निर्माण तथा त्यसलाई संचालन गर्न दक्ष एवं विशेषज्ञ चिकित्सक सहितको टोली राख्ने कार्य एकदमै सराहनिय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै